मंगलवार, 25 सितंबर 2012

Nepali poem "के भो?"

गरीबलाई सुनको भाउ बढेर के भो?
औचित्य केही नरहे यहाँ पढेर के भो?


काम त मेरो नाम कसैको जोडिन्छ भने,
सपना साँची सिखर यहाँ चढेर के भो?

प्रयास कैयौं गरे पनि जोड केही नरहे,
एकोहोरो माया मुटु माँझ गढेर के भो?

अमृत नि विष हुने राम्रो पनि नराम्रो,
रहन्छ भने दिलले डेरा सरेर के भो?

वीरतालाई पाँखा लगाई वैरी सामु यो,
झुकाउँनु पर्छ भने शीर लडेर के भो?

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें