शनिवार, 24 नवंबर 2012

डण्डीफोरबाट बच्ने घरेलु उपाय



डण्डीफोर आमतवरले युवावस्थामा नै आउँछ ।
डण्डीफोरले अनुहारको आकर्षण नै समाप्त
हुन्छ । डण्डीफोर बढी तैलीय छालामा,
कब्जियतका कारणले, चाँयाको कारणले
वा तनावको कारणले हुने गर्छ । यदि तपाई
पनि डण्डीफोरको कारणले हैरान हुनुहुन्छ भने
बजारमा पाइने कुनै क्रिम
लगाउनुको साटो केही घरेलु उपायहरु
अपनाउन सक्नु हुन्छ ।
- नीमको पात उमालेर त्यसको पानीले
अनुहार पखाल्नुस् ।
- आलुलाई काचकुच पारेर अनुहारमा लगाउनुस् ।
डण्डीफोरका दागहरु हट्दै जान्छन् ।
- मुलतानी माटोको फेस फैकले
डण्डीफोरमा लाभ हुन्छ । किनभने
मुलतानी माटोले छालाको तैलीयता कम गर्छ

- बरफको प्रयोगले पनि डण्डीफोरमा आराम
पुग्छ । १५-२० मिनेटसम्म अनुहारमा वरफ
लगाएर त्यसपछि ल्वाङ्गको तेल लगाउनुस् ।
- काँचो दुधमा अलिकति वेसन मिलाएर पेष्ट
बनाउनुस् र यसलाई अनुहारमा लगाउनुस् ।
हल्का सुखिसके पछि अनुहार पखाल्नुस् ।
- मह, दही र अण्डाको सेतो भाग एक
ठाउँमा मिलाएर दिनमा एक पटक लगाउनुस् ।
- डण्डीफोरलाई पटक पटक हातले नछुनुस् ।
यसले इन्फेक्सन हुन सक्छ ।
- कुनै पनि केमिकलयुक्त क्रिमको प्रयोग
अनुहारमा नगर्नुस् ।
- चनाको दाल र
सुन्तलाको बोक्रा पानीमा भिजाएर राखेर
मोलायम भइसके पछि पेष्ट बनाएर
अनुहारमा लगाउनुस् । १५ मिनेटसम्म
अनुहारमा लगाएर पखाल्नुस् ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें