म आउछु ऊ जान्छ ,म जान्छु ऊ आउछ्
म सबेरै उठ्छु ऊ पनि सबेरै जान्छ्
म साझमा आउछु,ऊ पनि साझमै जान्छ्
न म भा' बेला ऊ आउछ न ऊ भा' बेला म हुन्छु

म उस्लाइ झुपडिमा डाक्छु
ऊ क्वाटर र भिआइपी एरिया ताक्छ
म उस्लाइ काम गराउन राख्छु
ऊ इन्वर्टर र जेनेरेटर माग्छ
यो कस्तो सम्बन्ध इन्वर्टर र जेनेरेटर सँग उस्को
हिजो उस्ले यिनिहरूलाइ कसैको घरमा मात्र भेट्थ्यो
हामीलाइ प्रतिक्षालयमा राखी कसैको प्यास मेट्थ्यो
आज त झन उस्लाइ यिनैकै डोलिमा अन्मायो
छिमेकिहरूलाइ माया गर्दा हाम्रो काखमा लोड्शेडिङ जन्मायो
यो कस्तो विश्वास्घात उस्को म माथी
अब म ऊ बिना बाच्ने भै सकेँ
ऊ पनि म बिना छिमेकिसँग नाच्ने भै सक्यो
म उस्लाइ डिवोर्स गर भन्छु
ऊ प्राधिकरण आऊ भन्छ
ऊ मध्यरातमा भेटौला घर जाऊ भन्छ
म डिवोर्स पेपर माग्छु
ऊ दिनमा एक दुई घन्टा म सँग टाइम कटाउछु भन्छ
मेरो मैँन सग माया बसिसक्यो भन्छु
ऊ झड्केलो जेनेरेटर पठाउछु भन्छ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें