आसु आइ दिन्छ
मन रोइदिन्छ
खै किन मेरो जीवन अनयासै एक्लो भै दिन्छ
साथी टाढिन्छ
जीवन हराइदिन्छ्
खै किन मेरो समय अनायासै चलिदिन्छ
दिन अँध्यारिन्छ
मन बरालिन्छ
खै किन मेरो आत्मा अनायासै अल्मलिन्छ
शरिर थाकिदिन्छ
मस्तिस्क सुस्ताइदिन्छ
खै किन मेरो बिचार अनायासै दौडिदिन्छ
जीवन निरासिन्छ
मन अतालिन्छ खै किन मेरो सोचाइअनायासै बदलिन्छ
हात कामी दिन्छ
खुट्टा लर्बरिन्छ
खै किन मेरो शरिर अनायासै थाकिदिन्छ
आखा रसाइदिन्छ
चोट बल्झाइदिन्छ
खै किन मेरो आत्मबल अनायासै सेलाइदिन्छ
घाउ दुखिदिन्छ
भेल बगिदिन्छ
खै किन मेरो पीडा अनायासै बढिदिन्छ
शिर भारी भैदिन्न्छ
मेरुदन्ड गलिदिन्छ
खै किन मेरो तागत अनायासै बिलिन भैदिन्छ
मन रमाइदिन्छ
माया पलाइदिन्छ
खै किन मेरो मुटु अनायासै धड्किदिन्छ…सौजन्य -सन्जोग रिसाल
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें