शनिवार, 29 जून 2019

हुवावे माथि लगाइएको प्रतिबन्ध हट्यो .No longer Ban on Huawei

हुवावे प्रयोगकर्ताहरुका लागि खुसीको खबर छ
, लगभग एक महिनाको प्रतिबन्धपछि अमेरिकी राष्ट्रपति ट्रम्प  ले हुवावे माथि लगाइएको प्रतिबन्ध हटाइएको घोषणा गरेका छन्। G२० सम्मेलनमा भाग  लिने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भएको भेट वार्ता पछि यो निर्णय लिइएको हो । उक्त निर्णयअनुसार अब कुनैपनि अमेरिकी कम्पनीहरुले हुवावेलाई आफ्ना सेवा तथा सामग्री बिक्री गर्न पाउनेछन्। यसअघि हुवावे माथि लगाइएको प्रतिबन्ध ले गर्दा अमेरिकी कम्पनीहरू google microsoft लगायत सम्पूर्ण कम्पनी हरु ले हुवावे संग सम्बन्ध विच्छेद को घोषणा गरेका थिए । चीन अमेरिका व्यापार युद्ध को प्रमुख कदम को रुपमा लिइएको हुवावे प्रतिबन्ध हटेपछि अब हुवावे प्रयोगकर्ता हरुले राहत महसूस गर्न भएका छन्। हालत यति सम्म खराब भै सकेको थियो कि बाजार मा हुवावे को बिक्री वितरण मा लगभग पूर्ण रूपमा ह्रास आएको थियो । साथै संसारकै दोस्रो ठुलो smartphone company संग सम्बन्ध विच्छेद गर्दा गूगल लाई पनि ठूलो नोक्सान भएको थियो । यसै बीच ट्रम्प ले आफ्नो निर्णय को कारण ठूलो आर्थिक क्षति भएको स्वीकारेका छन्।
अमेरिकी कम्पनीले चिनिया कम्पनी लाई आफ्नो सेवा तथा उत्पादन बिक्री गर्न पाउने भएतापनि ट्रम्पले हुवावेले आफ्ना उत्पादन अमेरिकी भूमिमा बिक्रीवितरण गर्न पाउने या नपाउने भन्ने सम्बन्ध मा कुनै निर्णय गरेका छैनन् ।
माथिको प्रतिबन्ध हटेको भएतापनि यस प्रतिबन्ध बाट हुवावे मात्र नभई सम्पूर्ण चिनिया अन्तर्राष्ट्रिय कम्पनीहरुले राम्रो सबक सिकेका छन् । यसको प्रत्यक्ष असर आउँदा दिनहरुमा अवश्य देख्न पाइने छन् ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें