शनिवार, 25 मई 2019

हुवावेका फोनहरु चलाउनुहुन्छ या किन्ने सोचमा हुनुहुन्छ भने यो लेख अवश्य पढ्नुहोला ( भिडियो सहित)

हामीमध्ये धेरैले कुनै विषयको जानकारी लिनु पर्यो भने सबैभन्दा पहिले गुगलमा search गर्ने गर्छौ । युट्युब का भिडियोहरु हेरेर ज्ञान र मनोरञ्जन प्राप्त गर्ने गर्छौं। त्यस्तै फोनमा सेभ गरेर राखेको कन्ट्याक्ट नम्बर हरु फोन change गर्दा हराउला भनेर गूगल मा synchronize गरेर राखेका  हुनछौं अनि त्यस्तै गरी गूगल फोटोज मा आफ्ना हरेक फोटोहरु ब्याकअप गरेर राख्ने गर्न थालेका छौं। कतै जानु पर्यो भने गुगल म्यापबाट त्यस ठाउँको बारेमा जानकारी लिने गरेका छौं।यस्तो अवस्थामा के तपाई youtube gmail account, googledrive, google photos, googlemap , गूगल ट्रान्सलेट बिना android phone को कल्पना गर्न सक्नुहुन्छ? तर हुवावे प्रयोगकर्ताहरुले अब गुगलका एप्लिकेसनहरु बिनानै android phone चलाउन बाध्य हुनुपर्ने भएको छ।
चीनको schengen मा सन् 1987 मा स्थापित हुवावे संसारकै सबैभन्दा ठूलो दूरसञ्चार उपकरण निर्माता कम्पनी हो।Trend Force को २०१९  सम्म को तथ्यङ्क अनुसार यस कम्पनीले smartphone को क्षेत्र मा पनि ठूलो फड्को मारेको छ र विश्वकै दोस्रो ठूलो स्मार्टफोन विक्रेता बन्न सफल भएको छ। तर यति खेर यत्रो ठूलो कम्पनीलाई ठूलो झट्का लागेको छ। 15 may 2019 संयुक्त राज्य अमेरिकाका राष्ट्रपति दारा कार्यकारी आदेश जारी गर्दै सूचना-प्रविधि क्षेत्र का जानकारी हरुलाई  सुरक्षित राख्न आदेश दिएका छन्  । वासिङ्टनले ह्वावेईलाई 'राष्ट्रिय सुरक्षा खतरा' मान्दै आफ्ना संघीय सरकारी अङ्गका बोलपत्रमा सहभागी हुन प्रतिबन्ध लगाएको छ।
यसपश्चात विभिन्न अमेरिकी कम्पनीहरू  विशेषत: गूगल , क्वलकम , माइक्रोसॉफ्ट , इत्यादि ले ह्वावि संग सम्बन्ध विच्छेद गर्ने निर्णय लिएका छन्। जसका कारण  ह्वावि प्रयोगकर्ताहरुले अब गुगलका एप्लिकेसनहरू चलाउन नपाउने भएका छन्। ह्वावी कम्पनीले आफू चिनियाँ सरकारलाई सूचना बाँड्नुपर्ने दबाबमाा रहेको भन्ने  अमेरिका को आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ र अमेरिकी प्रतिबन्धलाई चुनौति दिनेगरी ऊ विरुद्ध मुद्दा दायर गरेको छ।
 ट्रम्प प्रशासनले ह्वावेईलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको छ।
ह्वावि ले 2018 को अन्त्यसम्म 20 करोडभन्दा बढी सेटहरु बिक्री गरिसकेको छ। यति ठूलो कम्पनी का स्मार्टफोनहरु सबै गुगलको एन्ड्रोइडमा आधारित छन्। गुगलले हुवावे माथि लगाइएको प्रतिबन्ध कार्यान्वयन भइसकेपछि यी सम्पूर्ण स्मार्टफोनहरुमा कुनैपनि update र system upgrade हुने सम्भावना रहँदैन साथै youtube gmail जस्ता google application हरु पनि चल्ने छैनन्। एन्ड्रोइड ओपन सोर्स अपरेटिङ सिस्टम भएकाले ह्वावि ले गूगल का एप्लिकेशन बिना  एन्ड्रोइड भने प्रयोग गर्न पाउने छ  दुई ठूला कम्पनीहरु बीचको द्वन्दमा हुवावे प्रयोगकर्ताहरू मुछिनेछन् र यो दुवै कम्पनी हरु का लागि ठूलो क्षति हो।
यद्यपि हुवावेलाई गुगलको प्रतिबन्ध मा 90 दिनको सहुलियत दिइएको छ। यस अवधिभित्र हुवावेले आफ्नै अपरेटिङ सिस्टम तयार गर्ने छ  या त गूगल का एप्लिकेशन बिना  एन्ड्रोइड नै चलाउनू  पर्ने हुन्छ ।
तर खबर हरुका अनुसार हुवावे ले  आफ्नो छुट्टै अपरेटिङ सिस्टम तयार गरिसकेको छ जसको नाम होङमेंग अथवा ह्वावी  operating system राखिने भएको छ। जसमा android का सबै एप्लिकेसनहरु चलाउन सकिने छन् । यद्यपी लोकप्रिय युट्युब देखि लिएर गूगल का कुनै पनि एप्लिकेशन हरु भने त्यसमा हुने छैनन । ह्वावी का लाखौं पर्ने सेट सम्म बनेका छन् र सबै एन्ड्रोइड मै आधारित छन् । यसका करोडौं प्रयोग कर्ता पनि छन् र ती सबै प्रयोगकर्ता हरु लाई गूगल को एप्लिकेशन हरु चलाउने बानी बसिसकेको छ यस्तो अवस्था मा ह्वावि ले छुट्टै अपरेटिङ सिस्टम ल्याए पनि ती सबै प्रयगकर्ताहरूले अपनौलान भन्ने अनुमान गर्न गाह्रो छ ।तसर्थ  वार्ता द्वारा समस्या समाधान भए ह्वावि प्रयोगकर्ता हरु लाई राहत मिल्ने सम्भावना अझै छ। साथै संसारको दोस्रो ठूलो कम्पनीका फोनहरुमा google  नहुँदा यसको ठूलो क्षति गूगलले पनि बेहोर्नु पर्ने हुन्छ ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें