शनिवार, 1 जून 2019

विश्वको सबैभन्दा डरलाग्दो विमानस्थल ( भिडियो सहित)

संसारकै सर्वोच्च शिखर सगरमाथा सम्म पुग्नको लागि हालसम्म कुनै गतिलो सडकमार्ग बनिसकेको छैन त्यसैले आरोहीहरूको प्रथम गन्तव्य लुक्ला विमानस्थल हुने गर्दछ।
समुद्री सतहबाट करिब 2, 845 मिटर उचाईमा अवस्थित यस विमानस्थल संसारकै अति खतरनाक विमान स्थलहरु मध्ये १ मा पर्दछ। रनवे सकिना साथ सय मिटर अग्लो ढुङ्गा को भित्तामा ठोकिन बाट जोगाउन विमानस्थल नजिक पुग्दा जहाज सावधानीपूर्वक रोकिनु अत्यन्त जरुरी भएकाले यस विमानस्थललाई Privatefly.com ले पनि विश्व को ८औं साहसिक विमानस्थलको सूचीमा राखेको छ।   यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् 1960 मा निर्माण भएको हो। विमानस्थलको रनवे सुरु हुने स्थान देखि तल ठूलो भीर रहेको छ, जसले विमानस्थललाई अति खतरनाक बनाएको छ साथै विमानस्थल निर्माण ताका स्थानीय बासी हरूको विरोध का कारण विमानस्थल समतल स्थानमा बन्न सकेन र अहिलेको भौगोलिक अवस्थितिमा विमानस्थल अवस्थित छ। विमानस्थलको रनवे समतल हुनुपर्ने मा केही उकालो देखिन्छ । विमानस्थललाई खतरनाक बनाउनुको अर्को कारण यहाँको मौसमी अवस्था पनि हो चिसो ठाउँ भएकाले हुस्सु लाग्दा विमान स्थल अझै खतरनाक बन्न पुग्दछ।
विमानस्थलमा चल्ने हावाका कारण विमान कुनैपनि बेला विना सूचना  बन्द पनि हुनसक्छ।
बिमानस्थलमा आउने र जाने दुवै किसिम का विमानहरुले एउटै धावनमार्ग प्रयोग गर्नुपर्ने हुन्छ।
यस्तै यस्तै कारण हरु ले गर्दा
विमानस्थल निर्माणपछि हालसम्म करिब एक दर्जन
दुर्घटनाहरु भइसकेका छन्।
ती दुर्घटनाहरु मध्ये  सबै भन्दा बढी क्षति 8 अक्टोबर 2008 मा खराब मौसम का कारण यति ऐर को विमान दुर्घटना ग्रस्त हुँदा १८ जना यात्रुको ज्यान गएको थियो।   14 अप्रिल 2019 को हो , विमान रनवे बाट उड्न लाग्ने क्रम मा वरालो मा चिप्लिएर छेउ मा पार्किंग मा रहेको हेलिकप्टर मा ठोकिन पुग्छ  यो घटना मा 4जाना को मृत्यु भएको थियो ।

लुक्ला विमानस्थल पर्वतारोहीहरू मात्र नभई स्थानीय बासिन्दाहरूको निर्माण सामग्री बोक्न पनि प्रयोग हुने गर्दछ किनकि यो ठाउँमा सडक को  सुविधा छैन । लुक्ला बिमानस्थलको जोखिम लाई मध्यनजर गर्दै यस क्षेत्रमा अनुभवी पाइलटहरुलाई मात्र विमान चलाउन लगाइन्छ । उक्त पाइलट ले  नेपाल भित्र कमसेकम 100short  take off and landing mission पूरा गरेको हुनुपर्दछ ।2016 को तथ्याङ्क अनुसार एक वर्ष मा 119801 यात्रु हरु ले यस विमान स्थलको प्रयोग गरेका थिए। सगरमाथा आरोहणको मोह बढे सँगै यात्रु हरूको संख्या पनि बढ्दो छ , त्यसैले ती यात्रु हरु को सुरक्षार्थ विमानस्थल लाई सुरक्षित बनाउनु जरुरी छ।


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें