स्वाहा को मतलब सही रीति या तरिकाले वस्तुलाई उसको प्रिय समक्ष सुरक्षित पुर्याउनु भन्ने हुन्छ ।
पुराणअनुसार स्वाह अग्निदेव की पत्नी हुन् त्यसैले हवनमा हरेक मन्त्रको पछाडि यिनको उच्चारण हुने गर्दछ
खासमा कुनै पनि यज्ञ तबसम्म सफल मानिँदैन जबसम्म हवन लाई देवता द्वारा ग्रहण गरिँदैन देवता तब मात्र ग्रहण गर्दछन् जब अग्नि द्वारा स्वाहा को माध्यमबाट अर्पण गरिन्छ।
स्वाहा को बारेमा भनिन्छ कि उनी दक्ष प्रजापति की पुत्री थिइन्
उनको विवाह अग्निदेव सँग भएको थियो अग्नि देव आफ्नी पत्नी स्वाहा को माध्यमबाट मात्रै हविष्य ग्रहण गर्दछन् उनकै माध्यमबाट हविष्य आह्वान गरिएको देउता सम्म पुग्दछ ।
यो त भयो हवनको धार्मिक पक्ष यसको वैज्ञानिक लाभ पनि छ भारतीय वनस्पति अनुसन्धान संस्थान द्वारा गरिएको एक अध्ययन अनुसार हवन को समय मा उड्ने धुवाँ हावामा भएका हानिकारक जीवाणु लगभग 95% सम्म नष्ट गर्न सक्दछन् साथै यसको धुवाले वातावरण शुद्ध हुन्छ जसबाट बीमारी फैलने सम्भावना केही हदसम्म घट्दछ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें