रविवार, 7 अप्रैल 2019

के साच्चै पृथ्वीमा अन्धकार हुने हो ? भूउपग्रह, सञ्चार प्रणाली ध्वस्त नै हुने हो त ? भिडियो जानकारी सहित

सूर्यको सतहमा अचानक उज्यालो प्रकाश देखिने घटना लाई सोलार फ्लेर भनिन्छ।। यस घटनामा सूर्यका केही भागहरूले अनन्त ऊर्जा छोड्दछन्। यो ऊर्जाले एक विशेष चमक उत्पन्न गर्दछ जुन आगो जस्तो देखिन्छ। यतिबेला सूर्यबाट अत्यधिक मात्रामा charge युक्त particle अंतरिक्ष मा लाखौं माईल प्रति घण्टाको वेगमा निकलन्छन



यदि यो अनन्त ऊर्जा धेरै दिनको लागि प्रवाह भएमा  अरबौं सूक्ष्म  चार्ज युक्त पारमाणविक कणहरू पनि बाहिर आउँदछन। यी ऊर्जा साहितका पारमाणविक कणहरु अंतरिक्ष मा फैलन्छन्। वास्तवमा यो एक ठूलो पारमाणविक विकिरण को घटना हो, जसलाई सौरय तूफान अथवा सौर्य आँधी भनिन्छ।

सौर्य आँधीका कारण

अंतरिक्ष मा भएका कणहरु यति तात्छन कि तिनीहरूले प्रकाशको गति प्राप्त गर्दछन

पृथ्वीलाई पृथ्वीको चुम्बकीय क्षेत्रल निरन्तर सूर्यबाट आउने charge युक्त कणहरु बाट े जोगाई राखेको हुन्छ ।तर अत्यधिक मात्रामा रहेका charge युक्त कणहरुले पृथ्वीको चुम्बकीय क्षेत्र लाई चिर्न सक्दछन्।

सबै भन्दा शक्तिशाली सौर्य तुफान ले charge युक्त  कोरोनल मास इजेकसन् अन्तरिक्षमा  छोडिदिन्छ  यदि पृथ्वी coronal mass ejections को बाटोमा पर्न  आएमा पृथ्वीको चुम्बकीय क्षेत्रमा अस्थायी गडबडी आउँछ। जसले गर्दा charge युक्त particle हरु अत्यधिक मात्रामा वायुमण्डलमा प्रवेश गर्दछन्। यिनले पृथ्वीका satellite हरुलाई आफ्नो कक्षबाट दिग्भ्रमित गराउन सक्दछन् जसको कारण दूरसञ्चारका क्षेत्रहरु विशेष प्रभावित हुन्छन्। पृथ्वीको चुम्बकीय क्षेत्रमा आएको गडबडीका कारण power generator हरुमा समस्या देखापर्दछ जसले गर्दा विद्युत तथा विद्युतीय सामग्रीहरु  चल्न बन्द हुन्छन्

सन् 1859 मा आएको शक्तिशाली सौर्य आँधीका कारण धेरै क्षति हुन पाएन ।त्यतिबेला हालको जस्तो विद्युतीय  सामग्रीहरु को प्रयोग थिएन। बढ्दो विद्युतीय सामग्रीहरु प्रयोग देख्दा हालको समयमा यदि सौर्य आँधी आएको खण्डमा त्यो अत्यधिक विनाशकारी हुन सक्ने देखिन्छ।

सौर्य आँधी त्यतिबेलासम्म विनाशकारी हुन सक्दैन जबसम्म हामी पृथ्वीमा पृथ्वीको चुम्बकीय क्षेत्र र वायुमण्डल भित्र हुन्छौ । तर यसले पृथ्वी बाहिर रहेर काम गर्ने अन्तरिक्ष यात्रीहरु लाई भने असर गर्न सक्छ किनभने सौर्य आँधी मा हानिकारक विकिरणहरू रहेका हुन्छन्

सौर्य आँधी ले वैज्ञानिकहरुलाई सूर्यको बारेमा अनुसन्धान गर्ने मौका दिन्छ।



सौर्य आँधी एक प्राकृतिक घटना हो जुन सदियौंदेखि हुँदै आएको थियो र हुनेवाला पनि छ यसले वास्तवमा मानिसहरूलाई पृथ्वीको सतह भित्र रहे सम्म कुनै असर गर्न सक्दैन तर यसले अंतरिक्ष मा रहेका अन्तरिक्ष यात्रीहरु तथा हाम्रा स्याट्लाइट हरुमा भने क्षति पुर्याउन सक्तछ । सौर्य आँधी अत्यधिक ठूलो भएको खण्डमा  मात्र यसले पृथ्वीको चुम्बकीय क्षेत्र छेदन गरी पृथ्वी भित्र भएको विद्युतीय प्रणाली मा क्षति पुर्याउन सक्छ ।

यसभन्दा अघि जुलाई 2013 मा एउटा अति शक्तिशाली सौर्य आँधी पृथ्वीको धेरै नजिक बाट गुज्रिएको थियो यदि त्यो पृथ्वी मा  ठोकिएको भए ठूलो धनमालको क्षति हुन सक्थ्यो ।

surya अहिले आफ्नो आयुको मध्यमा रहेका कारण यसले कुनै पनि हालतमा आफ्नो प्रकाश र ताप गुमाउन सक्दैन त्यसैले सूर्यमा कालो छिद्र या

सौर्य आँधीका कारण पृथ्वीमा अँध्यारो हुन्छ घाम लाग्दैन चिसो बढ्छ, 2/4 दिन अँध्यारो हुन्छ भन्नेजस्ता हल्लाहरू सस्तो लोकप्रियताको लागि केवल भ्रम फैलाउन खोजिएको  मात्र हो। भिडियो को लागि क्लिक गर्नुहोस्

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें