बुधवार, 10 अप्रैल 2019

खगोलीय इतिहासमा पहिलो पटक Black Hole को तस्वीर भिडियो जानकारी सहित

Black Hole अथवा कालो छिद्र ब्रह्माण्ड का त्यस्ता क्षेत्रहरु हुन् जहाँबाट केहिपनि उम्कन सक्दैन।  यतिसम्म की प्रकाश पनि black hole बाट उम्कन सक्दैन। यो ब्रह्माण्डको राक्षस जस्तै हो जसको अत्यधिक गुरुत्वाकर्षण को कारण आफ्नो वरिपरिको सम्पूर्ण चीजहरू लाई आफूतिर  तान्छ र विन्दुमय ढंगमा संकुचित गरिदिन्छ । नाममा blackhole अर्थात कालो प्वाल भनिने भएतापनि यो खाली हुँदैन बरु यसको सानो क्षेत्रमा अत्यन्त धेरै पदार्थ खादिएर रहेको हुन्छ। Black hole को वरिपरी खाली भाग रहेको हुन्छ जसलाई Event horizon भनिन्छ यस भित्र रहन आउने जुनसुकै वस्तु Black hole बाट बाहिर उम्कन सक्दैनन्।
खगोलविद्हरुले पहिलोपटक सुदुर ग्यालेक्सी M87 मा रहेको एउटा  black hole को तस्बिर खिचेका छन्। यो मानव इतिहासमा ब्लाक होल को पहिलो तस्वीर हो ।
नेदर ल्यान्ड को र्याँड बौड विश्वविद्यालय का प्राचार्य हैनो फ्यालके का अनुसार  ब्ल्याक होल 40 अर्ब किलोमीटर व्यास मा फैलिएको छ भने यसको पिण्ड सूर्यको पिण्डको 6.5 अर्ब गुणा बढी छ यस तस्बिर लाई आठवटा टेलिस्कोपको सञ्जालद्वारा खिचिएको हो। यस तस्वीरमा देखिएको क्षेत्र हाम्रो सौर्यमण्ड भन्दापनि ठूलो रहेको छ। तस्विर अनुसार चम्किलो  गोलो घेराले वृत्ताकार कालो छिद्र लाई घेरेको देखिन्छ ।  उक्त चम्किलो गोलो घेरा अत्यधिक तातिएका ग्यासहरु को कारण बनेको हो  जुन ब्लाक होल मा समाहित हुन गइरहेका हुन्छन्। यसको प्रकाश लाखौ तारा हरु को प्रकाश भन्दा पनी तेजिलो हुनछ जसकारण अत्याधिक दूर भई कन पनि पृथ्वीबाट पनि देखिरहेको हुन्छ
खगोलविद्हरुका अनुसार ब्ल्याक hole सैद्धांतिक रूपमा जस्तो सोचिएको थियो त्यस्तै नै भएको पाइएको छ । र यो पहिलो तस्बिरबाट वैज्ञानिकहरुले रहस्यमय खगोलीय घटनाहरूको बारेमा अझै बढी अनुसन्धान गर्ने मौका पाएका छन्। blackhole को बारेमा अझै धेरै अनुसन्धान बाँकी नै छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें