गुरुवार, 11 अप्रैल 2019

नेपालमा पब्बजी प्रतिबन्धित , गैरकानुनी ढंगले खेलेको पाइएमा कारवाही , भिडियो सहित

सरकारले युवाहरु माझ अत्यधिक रुचाइएको मोबाइल तथा कम्प्युटर अनलाइन गेम पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। चैत्र 28 देखि लागू हुने गरी  नेपाल प्रहरीको केन्द्रीय प्रहरी ब्युरोको अनुरोधमा नेपाल दुरसञ्चार प्राधिकरण द्वारा  pub g  माथि प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले 2075 चैत्र 28 बाट नै सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल्न र डाउनलोड गर्न नमिल्ने गरी बन्द गराउन निर्देशन दिएको छ
केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले पब्जी खेलमा प्रतिबन्ध लगाउन काठमाडौ जिल्ला अदालत मा स्वीकृतिको लागि माग गरेको थियो। काठमाडौ जिल्ला अदालतले मनोचिकित्सक सँग परामर्श लिएर खेल बन्द गर्नको लागि बुधबार स्विकृति दिएको हो ।
मनोचिकित्सकहरूका अनुसार पब्जी खेलले मानिसहरुलाई हिंसातिर धकेलिरहेको छ पब्जी खेलकै कारण छिमेकी देश भारतमा केही हत्या का घटनाहरु पनि सुनाएका थिए। pub g ले मानसिक समस्या निम्ताउने अनुसन्धानबाट पत्ता लागेपछि यसलाई छिटो भन्दा छिटो बन्द गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका थिए
विशेषगरी नयाँ कुरा जान्न र खेल खेल्न रुचाउने बालबालिकाहरु बाह्य शारीरिक खेलहरू भन्दापनि पब्जी जस्ता विभिन्न computer तथा मोबाइल गेम हरु मा आकर्षित हुनु नकारात्मक कुरा हो। यसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा नराम्रो असर पुर्याउने गर्दछ। साथै  विकास उद्यम तथा सिर्जनात्मक क्रियाकलाप मा लाग्नु पर्ने युवाहरु पब्जी  जस्ता गेम हरुमा व्यस्त रहनु चिन्ता को विषय हो ।
यद्यपि खानेमुखलाई जुंगाले छेक्दैन भने झै, vpn जस्ता सफ्टवेयरहरूको प्रयोग गरेर pub g तथा अन्य प्रतिबन्धित game तथा वेवसाइटहरुको खेल्न र हेर्न सकिन्छ। तर पनि यो प्रतिबन्धले केही हदसम्म अभिभावक हरुलाई खुशी दिएको छ । यसैबीच पब्जी माथि प्रतिबन्ध लागेपछि एक महिला ले खुशी व्यक्त गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें