मंगलवार, 16 अप्रैल 2019

भारतमा टिक टक प्रतिबन्धित

Tiktok छोटो भिडियोहरु बनाएर शेयर गर्न सकिने अत्यन्तै लोकप्रिय एप्लिकेशन हो । मद्रास हाइकोर्टद्वारा भारत सरकार लाई Tiktok माथि प्रतिबन्ध लगाउन को लागि दिइएको निर्देशन पश्चात भारतको सुप्रीम कोर्ट ले एप्पल र गूगल लाई TikTok एप्लिकेशन लाई सम्बन्धित प्ले स्टोर बाट हटाउन आदेश दिएको छ । Tiktok द्वारा  मद्रास हाइ कोर्ट ले 3अप्रिल मा दिएको उक्त आदेश को विरुद्ध मा अपील गर्दै गर्दा सुप्रीम कोर्ट को यो फैसला आएको हो ।
tiktok लाई अश्लीलता फैलाएको, संस्कृतिको गलत प्रचार तथा नकारात्मकता बढाउने जस्ता आरोपमा मद्रास हाइ कोर्ट द्वारा प्रतबंधित गर्न आदेश दिइएको थियो। यद्यपि यस सम्बन्ध मा गूगल र एप्पल को कुनै प्रतिक्रिया भने आई सकेको छैन।भारतमा tiktok का 5करोड 40लाख सक्रिय प्रयोग कर्ता रहेका छन्।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें