गुरुवार, 25 अप्रैल 2019

भारतको यस्तो गाउँ जहाँका बालबालिका गाउँछन् नेपाली राष्ट्रिय गान , भारतीय बालबालिकाको नेपाल देशभक्ति भिडियो सहित

नेपालका कतिपय निजी विद्यालयहरु मा भारतीय पाठ्यक्रममा आधारित सामग्री पढाई भई रहेको अवस्थामा भारतको विहार संग सीमा जोडिएको स्थानमा भने भारतीय विद्यार्थीहरुले नेपाली विद्यालयमा पढ्ने गरेको र नेपाली राष्ट्रिय गान गाउने गरेको भेटिएको छ ।
भारतको बिहार राज्यको किशनगंज जिल्ला काे पठनाबारी   गाउँमा नजिकै कुनै विद्यालय छैन । त्यहाँका बालबालिकाहरु पठपठनको लागि सीमा नजिकै रहेका नेपाली विद्यालयहरु मा पढ्ने गर्छन् , नेपालकै राष्ट्रिय गान गाउँछन् , नेपाली भाषामै पढ्छन् । उनीहरूलाई नेपालको भूगोल राजनीति सम्पूर्णको   ज्ञान छ तर आफ्नै देश भारतको बारेमा खासै थाहा छैन । उनीहरूका हातमा नेपालका पुस्तकहरु देखिन्छन् ।
यसरी गाउँमा नजिकै एउटा विद्यालय सम्म बनाउन नसक्नु, आफ्ना नागरिक लाई छिमेकी देशको विद्यालयमा अध्यान गर्न बाध्य गराउनुमा भारत सरकार र विहार सरकारकै बेइज्जत भएको देखिन्छ ।
माथिको भिडियोमा हेर्नुहोस् कसरी भारतीय बालबालिका हरु ले नेपाली राष्ट्रिय गान गाउँछन्। 



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें